जसपा मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत


२५ पुष २०७९, सोमबार
jasapa1673256742

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् । जसपा संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन् । दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबावु राउतले उम्मेदवारीसम्म दर्ता गराइ सकेका थिए ।

दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेता चयन भएका हुन् । यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७