टीकापुर घटनाको न्याय निरुपण नभएसम्म लडिरहन्छौं : रञ्जिता श्रेष्ठ


२५ पुष २०७९, सोमबार
Ranjita shrestha 1 scaled
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताएकी छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाइन् । उनले टीकापुर घटनाको न्याय निरुपण नभएसम्म आफूहरु लडिरहने समेत बताइन् ।

चौधरीले भनिन्, ‘टीकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दोरहेछ ।’

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् । टीकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसदमा लडिरहने बताए । उनले शीर्ष राजनीतिक दलका नेताहरुले समेत रेशम चौधरी निर्दोष भनिसकेको स्मरण गराइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७