यी हुन् ३२ जिल्लाका एमाले उम्मेद्वार (सुचीसहित)


२ कार्तिक २०७४, बिहीबार

काठमाडौं : नेकपा (एमाले)ले पहिलो चरणमा हुने निर्वाचनमा ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बिहीबार रातीसम्म टुंगो लगाउने तयारीमा जुटेको छ । पहिलो चरणमा हुने ३२ जिल्लाका निवार्चनमा ३७ प्रतिनिधिसभाका उम्मेदवार आधा भन्दा बढी सर्वसहमत भएको छ । बाँकी रहेको अन्य क्षेत्रमा एमाले स्थाई कमिटीले आजै टुङग्याउने भएको छ । धेरै ठाउँमा सर्वसहमति उम्मेदवार चयन भए पनि माओवादीसँगको गठबन्दनले कत्तिपय ठाउँमा भने समस्या भएको छ ।

Logo of CPN UML
प्रदेश नं. ४ मा एमालेले मनाङमा जिल्ला अध्यक्ष पाल्देन गरुङलाई अघि सारेका छन् । लम्जुङमा पृथ्वीसुब्बा गुरुङलाई उम्मेदवार बनाउँने एमालेको तयारी छ भने त्यहीँ क्षेत्रमा देव गुरुङलाई उम्मेदवार बनाउँनु पर्ने माओवादीको अडान छ । मुस्ताङमा प्रतिनिधिसभाको चुनावमा प्रेम गौचन उम्मेदवार बन्ने छन् ।
पहिलो चरणमा हुने ६ नम्बर प्रदेशमा एमालेको तर्फबाट डोल्पाबाट धनबहादुर बुढा उम्मेदवार बन्ने पक्का भएका छन् । मुगुबाट गोपाल बमलाई अगाडी सारेको छ ।
७ नं. प्रदेशमा बझाङबाट भानुभक्त जोशी उम्मेदवार बन्ने छ । त्यस्तै बाजुरामा जिल्ला अध्यक्ष लालबहादुर थापाले टिकट पाएका छन् । दार्चुलामा केन्द्रीय सदस्य गणेश ठगुन्ना उम्मेदवार बन्ने भएको छ । बैतडीमा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी उम्मेदवार बन्ने भएको छ ।
प्रदेश नं. १ पाँचथरमा प्रतिनिधिसभामा बसन्तकुमार नेम्वाङबन्ने पक्का भएको छ ।
ताप्लेजुङबाट प्रदेशसभामा १ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष बलवहादुर साम्सोहाङको नाम आउने निश्चित भएको एक एमाले नेताले बताए । ओखलढुंगामा यज्ञराज सुनुवारको नाम सर्वसम्मत भएको छ । प्रदेश १ मा जिल्ला कमिटी सदस्य अम्बिरबाबुर गुरुङ उम्मेदवार बन्ने छ ।
सङ्खुवासभामा भने टुङगो लागिसकेको छैन राजेन्द्र गौतम, गुप्तवहादुर श्रेष्ठले दाबी गरेका छन् । भोजपुर क्षेत्र नं. १ मा माओवादीले पाउने सम्भावना छ । माओवादीलाई सङ्खुवासभा दिएर भोजपुर एमालेले लिनु पर्ने स्थानीयबाट दबाब आए पनि माओवादीले छाड्ने सम्भावना न्यून छ । भोजपुर क्षेत्र नं. २ मा भने प्रदेशसभामा एमालेबाट शेरधन राई सर्वसहमत उम्मेदवार बन्नेका छन् ।
सोलुखुम्बुमा प्रतिनिधिसभामा माओवादीले दाबी गरेका छन् । एमालेले पाए जिल्ला अध्यक्ष मानवीर राई उम्मेदवार बन्ने छन् । प्रदेश २ मा एमालेले बुद्धिकुमार राजभण्डारी उठ्ने छन् । उदयपुर १ क्षेत्र माओवादीले पाएको छने । भने २ नम्बरमा एमालेका जगन्नाथ खतिवडा उम्मेदवार बन्ने छन् । खोटाङमा विशाल भट्टराई र राजन राईमध्ये एक उम्मेदवार बन्ने पक्का छ ।
प्रदेश नं. ३ मा पहिलो चरणमा चुनाव हुने मध्ये रामेछापमा एमालेले प्रतिनिधिसभा माओवादीलाई छाड्न सहमत भएको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष शान्ति पौडेलको नाम टुंगो लागेको स्रोतले जनाएको छ । २ नम्बरमा होम बुढाथोकी,रत्न गौतम र ज्ञानकुमार श्रेष्ठ मध्ये एक उम्मेदवार बन्ने छ ।
दोलखामा प्रतिनिधिसभातर्फ पोलिटव्यूरो सदस्य पशुपति चौलागाई र केन्द्रीय सदस्य पार्वत गुरुङमध्ये एक जना नाम आजै टुंगो लाग्ने छ । प्रदेश २ एमालेले पाउने र त्यहाँ लालकुमार केसी र बालकृष्ण शिवाकोटीमध्ये एक उम्मेदवार बन्नेछन् । नुवाकोटमा क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ । सो क्षेत्रबाट पोलिटव्यूरो सदस्य महेन्द्रवहादुर पाण्डे उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै धादिङ २ मा जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई उम्मेदवार बन्ने छ । रसुवाबाट प्रतिनिधिसभामा एमालेले यसअघि निर्वाचित सांसद जनार्दन ढकाललाईनै उम्मेदवार बनाउने भएको छ । रसुवामा एमालेको भागमा १ क्षेत्र पर्ने भएको छ । त्यहाँ जिल्ला अध्यक्ष कर्णेल लामा उम्मेदवार बन्ने भएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७