जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने


२५ पुष २०७९, सोमबार
upendra manonayan

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफूले पाएको बताएका हुन् ।

उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको बताए । प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७