प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै


२०७९ पौष २६ मंगलबार ०६:५४ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् । तर, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट बताएका छन् । उनीहरुले प्रचण्डलाई विश्वासको मत दिनु गैरराजनीतिक हुने तर्क गरेका छन् ।

उनीहरुले कांग्रेसले सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने आजको राजनीतिक परिस्थिति रहेको बताएका छन् ।
पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसदहरु समक्ष राख्ने कार्यक्रम रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७