कर्णाली प्रदेश : सभामुखको चयन माघ १ मा


२०७९ पौष २६ मंगलबार ०७:२२ बजे

सुर्खेत । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका हुन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् । चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुवात गर्ने र माघ १ गते बिहान ११ः०० सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७