विश्वकपको उपविजेता फ्रान्सका कप्तान लोरिसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


२६ पुष २०७९, मंगलवार
Hugo Lloris yv3TyaFarq

काठमाडौं । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी लोरिसले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

लोरिसले २०१२ देखि फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए । फ्रान्सले लोरिसकै कप्तानीम २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको थियो ।
उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ ले नतिजा सुम्पिएको थियो ।

लोरिस इङ्लिस क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । लोरिस टोटनहमका कप्तान पनि हुन् । ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु’, लोरिसले भने, ‘यो निकै कठिन निर्णय हो । म टोलीमा युवा खेलाडीले अवसर पाएको हेर्न चाहन्छु । त्यसैले टोलीमा बसिरहने चाहन्न ।’ उनले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७