घनश्याम भुसाल एकीकृत समाजावादीमा प्रवेश गर्दै


२६ पुष २०७९, मंगलवार
ghanashyam bhusal

काठमाडौं । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सबैजसो नेता-कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भुसालले बताएका छन् ।

उनले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पारेका छन् । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग उनले पटक–पटक छलफल गर्दै आएका थिए । उनी केही दिनपछि पार्टी प्रवेश गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७