निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ : अध्यक्ष लिङ्देन


२६ पुष २०७९, मंगलवार
Rajendra Lingden new samsad scaled

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतमा समर्थन गर्दैै उनले प्रधानमन्त्रीले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताको सराहना गरे । साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको समेत उनले बताउए ।

उनले लामो समयदेखिको जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउन सरकार सफल होस् भनी कामना गरे । अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७