सांसदको हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया शुरु


२०७९ पौष २६ मंगलबार ०७:३३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतको प्रस्तावमा मतदान शुरु भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएपछि मतादान शुरु भएको हो । प्रस्तावको पक्षमा सत्ता गठबन्धनभित्रका दलदेखि नेपाली कांग्रेलगायत सत्ता बाहिरका दलहरुले समेत मतदान गर्ने घोषणा गरेका छन् । प्रारम्भिक अनुमानले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित नै छ । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतका लागि संसदमा मत विभाजन शुरु भएको छ ।

सबै दलका नेताहरुले बोलिसकेर प्रधानमन्त्री दाहालले जवाफ दिएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मत विभाजन प्रक्रिया अघि बढाएका हुन् । मत विभाजनका क्रममा सांसदहरुले हुन्छ र हुन्न भन्ने मत दिन पाउने भएका छन् । त्यसका लागि उनीहरुले आ–आफ्नो लवीमा पसेर हस्ताक्षर गर्नेछन् । हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो । प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन छ ।

यदि यी सबै सांसदले मत दिएमा प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिल्ने छ । यद्यपि उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ । यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७