प्रचण्डले संसदमा क–कसको पाएनन् भोट ?


२०७९ पौष २६ मंगलबार ०७:३० बजे

काठमाडौं । आज (मंगलबार) को संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसदबाट विश्वासको मत लिँदा २६८ मत मात्रै पाए । जम्मा २७५ जना सांसद रहेको प्रतिनिधिसभा प्रचण्डले विश्वासको मत लिँदा २७० जना सांसद उपस्थित थिए । जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वासको मतको विपक्षमा मतदान गरे ।

नेपाली कांग्रेसका तीन र राप्रपाका एक सांसदले मत हाल्न पाएनन् । यसरी अनुपस्थित हुनेमा नेपाली कांग्रेसका किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत छन् । यस्तै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणा सभाको अध्यक्ष भई बैठक सञ्चालन गरेकाले मतदान गर्न पाएनन् । अर्कातिर कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले मतदान गर्न पाएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७