मधेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले दाबी पेश गर्दै, हस्ताक्षर संकलन हुँदै


२७ पुष २०७९, बुधबार
yadav 1

जनकपुरधाम । जनता समाजवादी पार्टीका सरोजकुमार यादवले आज (बुधबार) मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्दैछन् । जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष सरकारको नेतृत्वमा दाबी पेश गर्न लागेका हुन् ।

दाबी पेश गरेपछि प्रदेश प्रमुख मिश्रले उनलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । प्रदेश प्रमुख मिश्र पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै यादवले नेकपा एमाले, माओवादी केन्द्र,जनमत पार्टीलगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेको एमाले नेता रामचन्द्र मण्डलले जानकारी दि ए।

बुधबार सत्तासाझेदार दलहरुको बसेको बैठकले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने निर्णय भएको नेता मण्डलले बताए । सोही निर्णय अनुसार आजै प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न लागेका हुन् ।

उनले सत्तासाझेदार दलहरु र स्वतन्त्र सांसदसहितको समर्थनमा दाबी पेश गर्न लागेको बताए । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेश प्रदेशको नेतृत्व जसपा र जनमत दुवै दलले लिनेछ ।

१०४ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ सांसदको समर्थन चाहिन्छ । १०७ सदस्यमध्ये मधेश प्रदेशसभामा सत्ता गठबन्धनको नेकपा एमाले २३,जसपा २२, जनमत १६, माओवादी केन्द्र ९ र स्वतन्त्र पाँच सांसद छन् । यसैगरी नेपाली कांग्रेस १३,लोसपा ९,एकीकृत समाजवादी ७,नागरिक उन्मुक्ति पार्टी,राप्रपा र नेपाल संघीय समाजवादी १–१ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७