प्रदेश नम्बर ७ का मुख्यमन्त्रीका छोरी सरकारी बिद्यालयमा भर्ना


६ बैशाख २०७५, बिहीबार
Trilochan Family

धनगढी, ६ बैशाख :  हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन् ।

Trilochan Family
सामुदायिक विद्यालयमा भर्ना भएका छोरीहरुका साथ प्रदेश ७ का मुख्यमन्त्री।

बुधवार बिहान मुख्यमन्त्री त्रिलोचन भट्ट बिद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत आफै उपस्थित भएर धनगढी उपमहानगरपालिका वानं ४ स्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा दुई छोरीलाई भर्ना गराएका हुन् ।
उनले १३ बर्षिय छोरी पुष्पा भट्टलाई कक्षा ८ मा र १५ बर्षिय छोरी लक्ष्मी भट्टलाई कक्षा १० मा भर्ना गराए। यस अघि पनि उनका यी दुई छोरी डोटि केआईसिह गाउँपालिका ६ फलेडी स्थित सामुदायिक बिद्यालय देवस्थलमा अध्ययन गर्ने गरेका थिए। भट्ट मुख्यमन्त्री भएपछि उनीहरु धनगढी झरेका थिए ।

सरकारी बिद्यालयमा पढ्नेले निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिदैन भनेर हीन भावना हटाउन पनि समाजका अगुवाले सामुदायिक विद्यालयलाई माया गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए। सामुदायिक बिद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेर पठनपाठन गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए।

सामुदायिक बिद्यालय पढ्ने बिद्यार्थी र उनका अभिभावकले दोश्रो दर्जाका नागरिक जस्तै हिनतावोध महसुस गर्ने गरेकोमा मुख्यमन्त्री भट्टले दुई छोरी सरकारी बिद्यालयमा भर्ना गरेपछि नयाँ सन्देश र सरकारी बिद्यालय पढ्नेलाई हौशला प्रदान भएको स्थानिय सिताराम जोशी बताउछन्। ‘सामुदायिक बिद्यालय पढ्नेलाई हौशला प्रदान भएको छ र अन्यलाई पनि आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन प्रोत्साहन मिल्ने छ’उनले भने ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मुख्यमन्त्रीले छोरी भर्ना गरेपछि अन्य पदाधिकारीलाई पनि भर्ना गर्न हौशला मिलेको बताए । ‘राम्रो भुृमिकामा भएकाहरुले आफ्ना छोराछोरी सरकारी बिद्यालयमा भर्ना गर्ने बित्तिकै सरकारी बिद्यालयको गुणस्तर सुधार हुदै जाने छ’ उनले भने। । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७