कालिका पावरले १२ करोडको आइपीओ जारी गर्दै


६ बैशाख २०७५, बिहीबार
IPO

काठमाडौं, ६ बैसाख । कालिका पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । IPO

एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण शेयरको प्राथमिक निष्कासनका लागि कम्पनीले बुधबार धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल मार्केट्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् । बोर्डबाट स्वीकृति पाएछि आइपीओ निष्कासनको अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

यो कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्राथमिक शेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तानीमा प्रयोग गर्ने र केही रकम दिर्घकालस्न कर्जा भुक्तानीका लागि प्रयोग गरिने बताइएको छ । हाल यो कम्पनीको चुक्तापूँजी ६६ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पूँजी बढेर ७८ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७