घनश्याम भुसाललाई नेकपा एसले भन्यो–छिट्टो भन्दा छिट्टो पार्टीमा आउनुहोस् (पत्रसहित)


२८ पुष २०७९, बिहीबार
ghanashyam bhusal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वामपन्थी नेता घनश्याम भुसालले गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ लाई स्वागत गर्दै जवाफी पत्र पठाएको छ ।

सो पार्टीको वाम एकता वार्ता समितिले भुसाललाई बुधवार पठाएको पत्रमा भुसालले राखेका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गर्दा प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा र सकारात्मक भएको उल्लेख छ ।

भुसाललाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘तपाईले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।’ भुसाललाई एकीकृत समाजवादीले पठाएको जवाफी पत्रमा छिटोभन्दा छिटो पार्टीमा आबद्ध भएर कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरण अभियानमा सरिक हुन अनुरोध गरिएको छ ।

‘….त्यसैले तपाई अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान् अभियानमा सरिक हुन हार्दिक अनुरोध छ’, पत्रमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७