ज्यान मुद्दाका फरार आरोपी पाँच वर्षपछि पक्राउ


२८ पुष २०७९, बिहीबार
belram ubihrRu99E

लमजुङ । ज्यानसम्बन्धी मुद्दाका फरार आरोपीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–९ घर भएका ४२ वर्षीय बेलराम गुरुङ छन् ।

बेलरामले राइनास–९ स्थित कुँडुले बस्ने ५४ वर्षीय हितमान श्रेष्ठलाई दाउराले हिर्काएर हत्या गरेको आरोप छ । २०७४ मंसिर ११ मा श्रेष्ठको हत्यापछि भागेका बेलराम ५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

हत्यापछि फरार भएका उनी चितवनमा लुकेर बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा भरतपुर महानगरपालिका–१६ बिजयनगरबाट पक्राउ गरिएको जिप्रका लमजुङले जनाएको छ ।

चितवनमा बस्दा बेलरामले आफ्नो नाम र ठेगाना ढाँटेर बसेका थिए । आरोपीविरुद्ध लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७