टिकटकबाट अनलाइन जुवा खेलाउने पक्राउ


२८ पुष २०७९, बिहीबार
tiktok

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने कार्यमा संलग्नलाई पक्राउ गर्न थालेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने ४ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट पक्राउ परेका उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७