महतोले लक्ष्मण थारुलार्इ जेलबाटै राजपा प्रवेश गराए


२ कार्तिक २०७४, बिहीबार
Rajendra mahatto and laxman tharru

काठमाडौं : कैलालीको टीकापुर घटना घटाएको आरोपमा जेलमा रहेका लक्ष्मण थारुसहित ३ जना राजपा पार्टीमा प्रवेश गरेका छन् । बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु, विर बहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।

Rajendra mahatto and laxman tharru

लोकतान्त्रिक फोरममा रहेका उनीहरु विजय कुमार गच्छदारले धोका दिएको बताउँदै राजपा प्रवेश गरेको बताए । टीकापुर घटनामा पक्राउ परेकाहरुसँग तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले टीकापुर घटना राजनैतिक कारणले भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भनेका थिए ।

टीकापुर घटनाका नाममा सोझासाझा थारुलाई राज्यले फसाएको राजपाका नेता राजेन्द्र महतोले आरोप लगाए । टीकापुर घटनाका बन्दीहरुको रिहाइका लागि पहल भैरहेको समेत उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७