महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट


२८ पुष २०७९, बिहीबार
Agreement with Samsung Plaza M7SRGfb1Y9

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले सामसङ प्लाजाबाट कन्ज्युमर इलेक्ट्रोनिक्सहरुको खरिदमा १५५ र मोबाइल फोनको खरिदमा ५५ को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।
यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७