सन्दीप लामिछाने आज सशर्त रिहा हुँदै


२९ पुष २०७९, शुक्रबार
sandeep lamichhane T4beIm2Z5F

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज (शुक्रबार) सशर्त रिहा हुने भएका छन् ।

बिहीबार पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएसँगै उनी आज रिहा हुन लागेका हुन् । सन्दीप आज २० लाख रुपैयाँ धरौटी बुझएर रिहा हुन लागेका हुन् ।

बिहीबार सन्दीपले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै आदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो ।

गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौं अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग समेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाएको छ । त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ । यस्तै, सन्दीपले आफूमाथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ ।

sarta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७