बेटिसलाई हराउँदै बार्सिलोना स्पेनी सुपरकपको फाइनलमा


२९ पुष २०७९, शुक्रबार
barsa 1

रियाद । बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बिहीबार स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयको समयको खेल २–२ को बराबरीमा थियो ।

अब आइतबार फाइनलमा बार्सिलोनाले आफ्नो प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्नेछ । त्यस अगाडि अर्को सेमिफाइनलमा रियलले भ्यालेन्सियालाई हराएको थियो ।

किङ फयाद स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र अन्सु फाटीले गोल गरे । बेटिसका तर्फबाट भने फेकिर र मार्लोन गार्सियाले गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७