सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, छुट्नु अघि स्वास्थ्य परीक्षण गरिंदै


२९ पुष २०७९, शुक्रबार
sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले धरौटी बुझाएका छन् । उच्च अदालत पाटनले बिहीबार सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै सन्दीपले आज (शुक्रबार) दाइ मोहन लामिछानेमार्फत धरौटी बुझाएका हुन् । धरौटी बुझाएसँग सन्दीप आजै छुट्ने भएका छन् ।

सन्दीप दिउँसो ३ बजेसम्म छुट्ने बताइएको छ । छुट्नुअघि सन्दीपको स्वास्थ्य परीक्षण हुनेछ । बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्व सन्दीपले पुनरावेदन निवेदन दिएकामा बिहीबार सुनुवाई हुँदै धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो ।

उक्त आदेशअनुसार धरौटी लिएर सन्दीपका आफन्त जिल्ला अदालतमा पुगेका हुन् । गत धदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपलाई लागेको छ । असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो । तीन महिना एकसाता थुनामा बसेपछि उनी रिहा हुन लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७