विद्यालयले बढी शुल्क लिए कार्वाही


६ बैशाख २०७५, बिहीबार
1524096438

काठमाडौं, ६ बैसाख । सरकारले मापदण्ड भन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कार्बाही गर्नुपर्ने आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । 1524096438

संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रियामा सहभागीले तोकिएको मापदण्ड भन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नु पर्ने बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले कानून भन्दा माथि कोही नहुने भएकाले निजी विद्यालयले तोकिए भन्दा बढी शुल्क लिन नपाउने बताए । उनले विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने भन्दै बढी लिए कानून अनुसार कार्बाही गर्ने बताए ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष विजय साम्वाहाम्फेले विद्यालयले मापदण्ड अनुसार नै शुल्क लिएको भन्दै बढी लिने विद्यालयलाई कारबाही गरिने बताए । उनले शुल्कबारे निजी विद्यालयमा पनि समस्या देखिएको भन्दै समय परिवर्तन अनुसार शुल्कको मापदण्ड परिमार्जन हुनु पर्ने धारणा राखे । नेपाल निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन–प्याब्सन) का महासचिव सुवास न्यौपानेले विद्यालयले लिने शुल्कबारे नियमन गरेर कारबाही गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले अनियमित ढंगबाट लिइएको शुल्क फिर्ता गर्नु पर्ने माग गरे । अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङले निजी विद्यालयले मापदण्ड भन्दा बढी शुल्क लिएकाले फिर्ता गर्नु पर्ने बताउँदै तोकिएको मापदण्ड भन्दा बढी लिने विद्यालयविरुद्ध आन्दोलन गरिने चेतावनी दिए । अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले राज्यले निजी विद्यालयलाई नियमन गर्ने कानून बनाए पनि कार्यान्वयन नभएको गुनासो गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७