कारागारमुक्त भएपछि सन्दीपले दिए समर्थकलाई धन्यवाद, बाबु–आमासँग गए घर


२९ पुष २०७९, शुक्रबार
sandeep

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट ९९ दिनपछि रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् । कारागार परिसर बाहिर केहीबेर समर्थकसँग खुशी साटेर उनी बुवा–आमासँग कारमा घरतिर फर्किएका छन् । सन्दीपलाई लिन उनले नै यसअघि चढ्दै आएको ग ३ च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका थिए ।

पहेंलो ज्याकेट र पहेंलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुशी मुद्रामा देखिएका थिए । उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७