नापोलीले युभेन्ट्सलाई हरायो


३० पुष २०७९, शनिबार
Napoli

काठमाडौं । इटालियन ‘सिरी ए’ फुटबलमा नापोलीले युभेन्ट्सलाई हराएको छ । शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५–१ ले हराएको हो ।

खेलको १४ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा केभिचा कोभारास्केलियाले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै युभेन्ट्सलाई २–१ को स्थितिमा ल्याए ।

५५ औं मिनेटमा अमिर रहमानीले गोल गर्दै नापोलीलाई ३–१ को अग्रता दिलाए । ६५ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि ७२ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ५–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको नापोलीले १० अंकको अग्रता कायम गरेको छ । नापोलीले १८ खेलमा ४७ अंक जोडेको छ । एसी मिलान १७ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा छ । १८ खेलमा ३७ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७