युक्रेनको नुन खानी भएको शहर नियन्त्रणमा लिएको रूसको दावी


३० पुष २०७९, शनिबार
solidar2023 01 14 08 50 10

काठमाडौं । रुसले युक्रेनका महत्वपूर्ण नुन खानी खानी रहेको शहर नियन्त्रणमा लिन सफल भएको दावी गरेको छ ।
रुसले लामो समयको युद्धपछि युक्रेनको नून खानी रहेको शहर आफ्नो नियन्त्रणमा लिएको दावी गरेको हो ।

यो सफलताले युक्रेनमाथिको विजयको महत्वपूर्ण खुड्किलो भएको रुसी अधिकारीहरुले दावी गरेका छन् । तर युक्रेनका अधिकारीहरुले भने युद्ध जारी रहेको भन्दै सोही शहर रूसको कब्जामा नरहेको बीबीसीले उल्लेख गरेको छ ।

तुलनात्मक रुपमा कम जनसंख्या भएको सोही शहर रुसी सेनाको कब्जमा नरहेको युक्रेनी अधिकारीहरुको भनाइ छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गर्दै आफ्नो शहर रुसी सेनाको कब्जामा नरहेको बताए । उनले आफ्ना सुरक्षा अधिकारीहरुले मुलुकको सुरक्षा गरिरहेको भन्दै प्रशंसा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसले नियन्त्रणमा लिएको भनिएको सोही शहरमा रहेका महिला तथा बालबालिकालाई सुरक्षित स्थानमा सार्न पनि राष्ट्रपति जेलेन्स्कीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७