विश्वकप विजेता अर्जेन्टिनालाई फिफाको कारवाही


३० पुष २०७९, शनिबार
arjentina

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कतारमा हालै सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनालाई कारबाही गर्ने घोषणा गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो । फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो । फिफाले अर्जेन्टिनी फुटबल संघले विश्वकपको समयमा मिडिया र मार्केटिङका नियम पनि उल्लंघन गरेको आरोप लगाएको छ ।

फिफाले कारबाही गर्ने घोषणा गरे पनि टोलीका कुन सदस्यलाई कुन अपराधमा भन्ने कुरा प्रस्टाएको छैन । विश्वकपको फाइनलपछि अर्जेन्टिना तथा एस्टोन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफुले पाएको उत्कृष्ट गोलरक्षकको ट्रफी लिएपछि अभद्र व्यवहार देखाएका थिए । मैदानमा मात्र नभई उनले ड्रेसिङ रुममा पनि फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पेको खिल्ली उडाएका थिए ।

फिफाले अर्जेन्टिनाले अनुशासन संहिताको तीन नियम उल्लंघन गरेको पुष्टि गरेको छ । विश्वकपकै क्रममा सेमिफाइनल खेलमा क्रोएसियाका खेलाडीलाई गरेको भेदभावका साथै खेलमा सुरक्षाको सम्भावित नियम पनि उल्लंघन गरेको बारेमा पनि अनुसन्धान भइरहेको छ ।

यस्तै, कतार विश्वकपअन्तगर्त नै समूह जी को खेलमा स्विटजरल्यान्डसँग ३–२ ले हारेपछि आफ्ना समर्थकले लगाएको नाराका कारण पनि सर्बियाले कारबाहीको सामना गर्नुपर्ने भएको छ । फिफाले सर्बियालाई ५० हजार स्विस फ्रैंक जरिवाना गर्नाका साथै २५ प्रतिशत सिट खाली राख्न भनेको छ ।

त्यस्तै मेक्सिको र इक्वेडरबीचको खेलमा समर्थकले लगाएको नाराका कारण फिफाले कारबाही गरेको छ । फिफाले मेक्सिकोलाई १ लाख स्विस फ्रैंक जरिवाना सुनाउनाका साथै बन्द रगंशलामा घरेलु मैदानमा हुने खेल खेल्न निर्देशन दिएको छ । इक्वेडरले भने २० हजार स्विस फ्रैक तिदै आधा दर्शकलाई मात्र रंगशाला प्रवेश गर्न दिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७