थप पाँच जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित २९ जना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,२२९ नमूना परीक्षण गर्दा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४६ र एन्टीजेनबाट ६८३ जनाको परीक्षण गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।