रुसले युक्रेनमा गर्‍यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु


१ माघ २०७९, आईतवार
ukrain

काठमाडौँ । रुसले शनिबार युक्रेनका विभिन्न स्थानमा नयाँ मिसाइल आक्रमण गरेको छ । पूर्वी सहर निप्रोस्थित अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यस बाहेक किभ, खार्किभ, ओडेसा जस्ता अन्य सहरमा पनि आक्रमणहरू भएको जनाइएको छ । युक्रेनका धेरैजसो सहरमा विद्युत आपूर्ति स्रोतमा आक्रमण गरिएका कारण विद्युत् सेवा बन्द भएको छ ।

निप्रोको अपार्टमेन्टमा आक्रमणपछि रातभर उद्धार कार्य गरी भग्नावशेष हटाइयो । यसअघि बेलायतले युक्रेनलाई सहयोगस्वरूप च्यालेन्जर–२ ट्यांक दिन लागेको बताएको थियो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले उक्त ट्यांकमार्फत युक्रेनलाई रुसी सेनालाई पछाडि धकेल्न मद्दत गर्ने दाबी गरेका थिए । यसअघि शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मित्र राष्ट्रले युक्रेनलाई हतियार दिए मात्र रुसको आक्रमण रोक्न सकिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७