‘ए डिभिजन’ क्लबका फुटबलरको ‘धन्दा’ मोबाइल र ल्यापटप चोरी


६ बैशाख २०७५, बिहीबार
mobile laptop or other crime 1 BTkjBCJoOW

काठमाडौं, ६ बैसाख । ‘ए डिभिजन’ क्लवबाट राष्ट्रिय लिग र विभिन्न चर्चित गोल्डकप खेल्दै आएका फुटवलर दिपेश श्रेष्ठ चोरीको मोवाइल र ल्यापटपसहित पक्राउ परेका छन् । mobile laptop or other crime 1 BTkjBCJoOW

उपत्यकाका विभिन्न स्थानबाट मोवाइल, ल्यापटप, आईप्याड जस्ता इलेक्ट्रोनिक सामाग्रीहरु चोरेर अनलाइन र फेसबुकमार्फत विक्री गर्दैै आएका फुटबलर दिपेश श्रेष्ठ र सिन्धुपाल्चोकका ‘बाच्छो’ भन्ने सुवास खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । mobile laptop or other crime 2 TpyZW3wkiE

महानगरीय प्रहरी वृत बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले बुधवार उनीहरुलाई काठमाडौं–६ रेम्बोडाँडाबाट नियन्त्रणमा लिएको हो । ‘ए डिभिजन’ क्लव सरस्वतीबाट खेल्दै आएका दिपेशले नेपाल पुलिस क्लवबाट पनि खेलिसकेका छन् । पछिल्लो समय हेटौंडामा भएको प्रतियोगिता र बिराट गोल्डकपमा उनले हिमालय शेर्पा क्लवको जर्सी लगाएर खेलेका थिए । प्रहरीले खड्का र श्रेष्ठको साथबाट भारतीय रुपैयाँ दुई हजार, नेपाली रुपैयाँ ४३ हजार ५ सय, गियरवाला साइकल १ थान र विभिन्न कम्पनीका ५ थान ल्यापटप बरामद गरेको छ । उनीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताएका छन् ।

फुटबलर श्रेष्ठलाई नियन्त्रणमा लिएर काठमाडौं महानगरपालिका–६ रेम्बोडाँडामा रहेको उनको डेरामा खानतलासी गर्दा ३३ थान चोरीका मोबाइल, आईफोन प्याड २ थान, पावर बैंक ३ थान, सोनी कम्पनीको टेलिभिजन १ थान, साइन कम्पनीको कम्युटर मनीटर १ थान र दुई थान डिजीटल क्यामेरा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७