पेस्तोल र सुतली वमसहित एक पक्राउ


६ बैशाख २०७५, बिहीबार

मकवानपुर, ६ बैसाख । सुतली वम, पेस्तोल र गोलीसहित एक युवालाई मकवानपुर प्रहरीले पक्राऊ गरी सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ जम्बो चौतारा बस्ने ३७ वर्षीय अनिल भनिने जोकर मोक्तानलाई बम, पेस्तोल, गोलीसहित प्रहरीले पक्राऊ गरेको हो ।

मोक्तानको झोलाबाट कटुवा पेस्तोल ३ थान, सुतली बम १ थान, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राईफलको गोली, पटाका १० थान, नेपाल प्रहरीको पुरानो पोशाक (चुस्ता) १ थान, चर्ट लाईट ३ थान लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिएका छन् ।
उनका अनुसार जोकर मोक्तान र अन्य व्यक्तिहरूको पहिचान भई खोज तलास कार्य भइरहेको छ ।Bomb Sahit Pakrau

पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका ३ स्थित लेबटमा बिहीबार बिहान प्रहरीले सवारी साधन जाँच गरिरहेको अवस्थामा उनी शंकास्पद अवस्थामा भागेपछि पिछा गर्दै जाँदा पक्राऊ गरेको हो । प्रहरी चौकी लेबटका प्रहरी सहायक निरीक्षक बिगबहादुर तामाङ्गको नेतृत्वमा ४ जना प्रहरी टोलीले सवारी साधन जाँच गरिरहेको अवस्थामा यात्रुवाहक म्याजिक सवारी साधनबाट ३–४ जना करिव ४० मिटर पर झरी भागेको प्रहरीको भनाई छ ।

पक्राऊ परेका जोकर मोक्तानलाई मुलुकी ऐनको हातहतियार तथा खरखजाना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७