यतीको विमान दुर्घटना : ३८ जनाको सनाखत (नामावलीसहित)


२ माघ २०७९, सोमबार
Yati airlines crash 4 scaled

काठमाडौं । पोखरामा हिजो (आइतबार) बिहान भएको यति एयरलाइन्सको जहाजमा मृत्यु भएकामध्ये ३८ जनाको सनाखत भएको छ ।

Yati airline crash 3

हालसम्म ६९ जनाको शव भेटिएकामा ३८ जनाको सनाखत भएको हो । सनाखत भइसकेकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुनेछ । उनीहरुको शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव गृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ ।

Yati airline crash 1

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा जाँदैछन् । पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने पनि उनले बताए । आइतबार बिहान ४ जना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर काठमाडौंबाट पोखरा उडेको विमान पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो ।

हालसम्म सनाखत भएकाहरु
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

list 1
list 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७