खुकुरी प्रहार गरी तनहुँका युवकको हत्या


२ माघ २०७९, सोमबार
thumb 3

तनहुँ । तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा सोमबार साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

घटनामा संलग्न भएको आरोपमा व्यास नगरपालिका–८ रिस्तीका करिब २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आशिषले खुकुरीले सन्तबहादुरको घाँटीमा प्रहार गरेका थिए । उक्त घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७