थप एकको शव भेटियो, तीन जनाको अवस्था अझै अज्ञात

‘ब्ल्याक बक्स’ प्राधिकरणलाई हस्तान्तरण


२ माघ २०७९, सोमबार
black box yati

पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै तीन जनाको अवस्था अज्ञात छ । पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यस्तै शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।

यता नेपाली सेनाले प्राप्त ब्ल्याकबक्स नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७