२०७९ माघ ३ गते मंगलबारको तपाईको राशिफल

माघ कृष्ण दशमी पञ्चाङ्गः शूल वणिज विशाखा


३ माघ २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन सकिने छ र शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । वैदेशिक कार्य सम्पादनमा सहजता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । शेयर बजारले पनि साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्राविधिक कार्य सफल हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा बाधा पनि आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७