ठूलो पंत्तिकोे असहमतिबीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगें : अध्यक्ष लिङ्देन


३ माघ २०७९, मंगलवार
Rajendra Lingden photo

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंत्तिको असहमतिबीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् : ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंत्तिको असहमतिबीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!’ सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७