डा. सन्दुक रुइतलाई १३ करोडको प्रतिष्ठित ‘इसा अवार्ड’


४ माघ २०७९, बुधबार
Dr Sanduk Ruit scaled
फाइल फोटो

काठमाडौँ । विख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख डलर अर्थात् नेपाली रुपैयाँ १३ करोड पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ ।

इसा अवार्ड पाउने डा. रुइत पाँचौं हुन् । यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको थियो ।

कोभिडका कारण सन् २०२१ मा इसा अवार्ड घोषणा गरिएको थिएन । यो अवार्डअन्तर्गत डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर (झण्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

यस पटक अवार्डका लागि सुरुमा १ सय ४५ व्यक्ति तथा संस्था मनोनयनमा परेका थिए । उनीहरूमध्ये ६ व्यक्ति-संस्थालाई ‘सर्टलिस्ट’ गरिएको थियो, जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी सिप, बंगलादेशको फ्रेन्ड्ससिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसन र नेपालका रुइत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७