मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नु पर्ने


४ माघ २०७९, बुधबार
Prachanda cabinet full scaled

काठमाडौँ । सरकारले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नु पर्ने निर्णय गरेको छ । आज (बुधबार) सिंहदवारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो ।

‘कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने निर्णय गरेको छ,’ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।

यो सरकारका उच्च अधिकारीहरुले विदेशी कूटनीतिक आचारसंहिता २०६८ मा रहेको व्यवस्था हो । ‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्नेछ,’ आचारसंहितामा भनिएको छ, ’परराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेटघाटका अवसरमा भएको वार्ताको विवरण तयार गर्नुपर्ने छ ।’

मन्त्रिपरिषदले पूर्णता प्राप्त गरेपछि पहिलो बैठक बुधबार सिंहदबारमा बसेको थियो । बैठकले उखु खरिदको समर्थन मूल्य पनि निर्धारण गरेको उपप्रधानमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७