जसपाले पनि सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने


५ माघ २०७९, बिहीबार
devraj ghimire photo
फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो ।

प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल जसपाले विश्वासको मत समेत दिएको थियो । बिहीबार संसद्लाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई समर्थन गर्ने बताए ।

तर, शक्ति बाँडफाँडमा चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी छैन । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमै रहने वा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा लामो छलफलपछि जसपाले एमालेका घिमिरेलाई नै मत दिने भएको हो ।

पार्टीको संसदीय दलको बैठकले सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेका जसपाका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७