एमालेलाई दिएको भनिएका ६ करोड रुपैयाँबारे अध्यक्ष ओलीले मुख खोले


२ कार्तिक २०७४, बिहीबार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग चुनावका बेला एमालेले पैसा नलिएको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विहिबार आयोजित एनआरएनएको नवनिर्वा्चित कार्यसमितिको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले सम्मेलनका क्रममा एमालेका नेताहरुको नाम जोडेर पैसा लिएको भन्दै आएको समाचार अफवाह मात्र भएको भन्दै खण्डन गरे ।

NRNA and kp oli

 अध्यक्ष अाेलीले एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्न समेत आग्रह गरे । ‘नेपालमा राम्रा मान्छे मात्रै छैनन्, अनुचित र अप्रमाणिक कुरा गरेर बदनाम गर्ने मान्छे पनि छन्’ ओलीको भनाई थियो, ‘एमालेलाई बदनाम गर्न एनआरएनएले ६ करोड एमालेलाई दिएको प्रचार गरे । तपाईंहरुले कसैलाई पैसा दिनुभएको छ भने फिर्ता माग्नुस् ।’
केही दिनअघि एक अनलाइनमा एमालेलाई एनआरएनएले ६ करोड रुपैयाँ दिएको भनी समाचार प्रकाशित गरेको थियो ।

६ करोड रुपैयाँ लिएको भनी समाचार प्रकाशित गर्ने अनलाइनको नामसमेत लिंदै उनले कांग्रेस निकटका संञ्चार माध्यमले दुश्प्रचार गरेको बताए । यसअघि पनि एमाले विरुद्ध दुश्प्रचार गर्ने गरेको उदाहरण दिए । ‘कांग्रेसका पत्रकारले कांग्रेसको एजेण्डा लेखेनन् ,  ०४८ सालको संसदीय चुनावमा पनि कांग्रेसको एजेण्डा राम्रो छ भनेर लेख्दैनथे’ ओलीले भन्नुभयो, ‘कम्युनिस्टले जिते भने ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन्, त्यसका लागि खाडल खन्ने काम भइरहेको छ भनेर लेख्थे । अहिले पनि कांग्रेसका सञ्चार माध्यमले यस्तै लेख्न थालेका छन् ।’

गौतमबुद्धको जन्मथलो बारे विश्वमा रहेको भ्रम चिर्नुहाेस्’
उनले गौतमबुद्धको जन्मथलो बारे विश्वमा रहेको भ्रम चिर्न एनआरएनएका नवनिर्वा्चित पदाधिकारीलाई आग्रह गरे । विभिन्न देशका पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्मस्थल भारतमा रहेको उल्लेख भएकोले त्यसलाई सच्याउन भूमिका खेल्नुपर्ने ओलीको आग्रह थियो ।

‘गौतम बुद्ध भारतमा जन्मेको भनेर कतिपय देशमा पढाइन्छ, गौतम बुद्ध जन्मेका बेला भातर भन्ने देश नै थिएन’ ओलीले भने, ‘त्यतिबेला भारत वर्ष थियो, त्यसैलाई भारत भनेर प्रचार गरियो । लुम्बिनी भन्ने ठाउँ कहिल्यै पनि भारतमा पर्दैनथ्यो, कपिलवस्तु तिलौराकोट नेपालमा थियो ।’

नेपाल बुद्धको जन्मथलो र बुद्धत्वको सुरुवाती थलो पनि रहेको ठोकुवा गरे । ‘यो तथ्यलाई मोडेर विश्वभर गरिएको कुप्रचारलाई चिर्न काम गर्नुस’ ओलीको भनाई थियो । गैरआवासीय नेपाली संघले साझा संस्थाको रुपमा काम गर्नुपर्ने सुझाव ओलीले दिए ।

त्यस्तै एनआरएनएले निर्माण, रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र राज्यको आयस्रोत बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने ओलीको सुझाव थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७