दुईटा मन्त्रालयका लागि जसपा सरकारमा जाँदैन : प्रदीप यादव


५ माघ २०७९, बिहीबार
pradeepyadav
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुईटा मन्त्रालयका लागि सरकारमा नजाने बताएका छन् । आज (बिहीबार) को संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्मानजनक भागबण्डा नभएसम्म आफूहरु सरकारमा नजाने बताए ।

उनले जसपाले उपराष्ट्रपति भन्दा पनि राजनीतिक संवैधानिक भागबण्डा सम्मानजनक हुनुपर्ने बताएका छन् । ‘दुई वटा मन्त्रालय लिएर हामी सरकारमा जाँदैनौं । सम्मानजनक भागबण्डा नभएसम्म हामी सरकारमा जाँदैनौं,’ उनले भने, ‘यहाँ उपराष्ट्रपतिको कुरा मात्रै हो । राजनीतिक र संवैधानिक कुराहरू पनि छन् । सबै कुरामा सम्मानजनक बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७