निष्पक्ष र तटस्थ भूमिका खेल्छु : सभामुख घिमिरे {तस्वीरहरु}


५ माघ २०७९, बिहीबार
devraj ghimire 1 scaled

काठमाडौं । प्रतिनिधि सभाका नव निर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सभामुख पदमा निर्वाचित भएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको छ, यो अभ्यासबाट निर्वाचित भइएको छ । अब सभामुखको भूमिका ठिक ढंगबाट निर्वाह गरेर जान्छु, निष्पक्षताका साथ सभा सञ्चालन गर्छु’, सभामुख घिमिरेको भनाइ छ । उनले प्रक्रिया विधि र पद्धतिबाट असमझदारीहरुलाई निष्कर्षमा पुर्‍याइने समेत बताए ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् । यस्तै कांग्रेसका तर्फबाट उम्मेदवार उम्मेदवार दिएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन् ।

Pashupati samsher 1
Devraj Ghimire savamukh
Samsad meeting new 1
PRO KTM 6F8A0584
PRO KTM 6F8A0590 1
PRO KTM 6F8A0604 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७