हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु


६ माघ २०७९, शुक्रबार
snow jajarkot

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (शुक्रबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।

हिमाली तथा पहाडी क्षेत्रमा हिमपात तथा हल्का वर्षा र तराईका भू–भागहरूमा विहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७