नाटोले युक्रेनलाई हतियार दिए अर्को तहको खतरनाक युद्ध हुने रुसको चेतावनी


६ माघ २०७९, शुक्रबार
ukr 4

काठमाडौं । नाटोले युक्रेनलाई भारी मात्रामा हतियार पठाए थप खतरनाक युद्ध हुने चेतावनी रुसले दिएको छ ।
पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै अर्को तहको युद्ध हुने चेतावनी दिएको हो ।

पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गरिरहेका छन् । जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको छ ।

बेलायतले यसअघि ट्यांक पठाउने घोषणा गरिसकेको छ । यी ट्यांकहरू युक्रेन पठाउन बाटो खाली गर्न पोल्यान्ड लगायत देशलाई दबाबसमेत सिर्जना भएको छ । उता रुसले भने रुसी सेना र भू–भागमा आक्रमण गर्न सक्ने हतियार नदिन पश्चिमा मूलुकलाई दबाब दिइरहेको अलजजीराले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७