रास्वपाबाट इन्दिरा राना मगरलाई उपसभामुखकाे उम्मेदवार


६ माघ २०७९, शुक्रबार
indira rana11674192091

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी संसदीय दलको आज (शुक्रबार) बसेको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भए पनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष समेत हुन् ।

२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् । उनले काठमाडौंको नयाँबजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७