भारतीय राजदूतलाई पर्यटनमन्त्रीको आग्रह : नयाँ हवाई प्रवेश मार्ग खोलिदिनुस्


६ माघ २०७९, शुक्रबार
sudan kiraty naveen shriwastab rc4ocvlMLl

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले नव नियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर श्रीवास्तवले मन्त्री किरातीसँग विविध विषयमा छलफल गरेका हुन् ।

उक्त भेटवार्तामा भेटवार्तामा किरातीले सिमरास्थित भारतसँग जोडिएको नेपालको एक मात्र हवाई मार्गमा अत्यधिक चाप बढेकाले नयाँ रुट खोलिदिन पनि आग्रह गरेका छन् । ‘थप हवाई प्रवेश मार्गका लागि राजदूत श्रीवास्तवसँग कुरा भएको छ’, उनले भनेका छन्, ‘राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनु भएको छ ।’

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा पनि भारतले नेपाललाई नयाँ हवाई रुट दिन मानिरहेको छैन । अहिले यी दुई विमानस्थलमा आउने जाने जहाजले पनि धेरै पूर्व आएर सिमरा नाकाबाटै पस्नुपर्ने बाध्यता छ । नेपालले नेपालगञ्ज, भैरहवा र सुदूरपश्चिम नाकाबाट नयाँ हवाई रुट दिन माग गरिरहे पनि भारतले लामो समयदेखि यसबारे कुनै निर्णय दिन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७