शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार


७ माघ २०७९, शनिबार
khelkud mantralaya

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ ।
त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ ।

विज्ञ जनशक्ति भएको सरकारी निकायसँगको सहकार्यमा यस कार्यलाई फत्ते गर्ने कार्यक्रमको ढाँचा तय गरिएको मन्त्रालयले जनाएको छ । खेलकुद शारीरिक क्रियाकलापमा आधारित एक मनोरञ्जन, प्रतिस्पर्धा र कलात्मक विधा हो ।

मन्त्रालयले खेलकुदमा सीप र रणनीति मात्र नभई त्यसलाई प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवद्र्धन गर्ने नीति ल्याएको हो ।

खेल कौशल वृद्धि गर्ने हेतुले मन्त्रालयको चालु आव २०७९र८० वार्षिक कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण अनुसन्धान कार्यक्रम राखिएको छ । मन्त्रालयले त्यससम्बन्धी अनुसन्धान गर्न मन्त्रालयको खेलकुद महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यशर्त निर्माण तथा सिफारिस समिति गठन पनि गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७