पोषणका स्रोतमा सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री


७ माघ २०७९, शनिबार
PRO KTM scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रोटिनयुक्त खानपानको व्यवस्था लसबै नागरिक माझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने पनि बताए । उनले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताएका छन् । ‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ’, उनले भने, ‘नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्याङ्कले देखाएको छ ।’

दाहालले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् । अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ शुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको उाको भनाई छ ।

उनले भने, ‘वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ शुरुवात गद्र्रछ । यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ । फेरि म तेस्रो कार्यकालमा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौँ ।’

प्रधानमन्त्री दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७