कपिलवस्तुमा बस पल्टिँदा साइकल यात्रीको मृत्यु


७ माघ २०७९, शनिबार
accident 2

कपिडलवस्तु । कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज लु १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्री कहारलाई ठक्कर दिएको हो । लु ४ त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७