२०७९ माघ ८ गते आइतबारको तपाईको राशिफल

माघ शुक्ल प्रतिपदा पञ्चाङ्ग : वज्र किंस्तुघ्न श्रवण, सोनाम ल्होछार /श्रीबल्लभ जयन्ती


८ माघ २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सद्भाव बढ्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्छ अतः संयम रहनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना पनि बन्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७